दस वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २० गते ४:११ मा प्रकाशित

pakrau-arrestगौशाला, २० फागुन – ज्यान मार्ने उद्योगमा १० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा जिल्लाको भरतपुर गाविस–६ बस्ने ३५ वर्षीय राजी राय रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले अभियुक्त रायलाई निजको घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
अभियुक्त रायले २०६० साल असार १५ गते राति स्थानीय हरि चौधरी कलवार र निजकी श्रीमती सुन्दरदेवी कलवारलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us