एक लाख बराबरको सुपारी नियन्त्रणमा

काठमाण्डु टुडे २०७० फागुन २० गते २:२३ मा प्रकाशित

बाँके, २० फागुन । बाँके प्रहरीले थालेको बिग आप्रेसनअन्तर्गत जमुनाहा प्रहरीले सोमबार रु एक लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा लिई भन्सारलाई बुझाएको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको चार बोरा सुपारी नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जमुनाहाका प्रहरी सहायक निरीक्षक सुमन खरेलले जानकारी दिए । प्रहरी टोलीले विगत एक सातामा दुई लाख बराबरको सुपारी नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।

खुला सिमानाका कारण दैनिक रुपमा एक देशबाट अर्को देशमा अवैध समान निकासी हुने गरेको भन्दै उहाँले छिट्टै चोरी निकासीलाई नियन्त्रणमा लिइने प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक शेखर कोइरालाले सुपारी चोरी निकासीलाई प्रमुख मुद्दाका रुपमा लिएर विग आप्रेसन सुरु गरे पनि सुपारी चोरी निकासी नियन्त्रणमा आउन नसकेको बताए ।

नेपाल प्रहरीले भारतीय गाडीमाथि विशेष निगरानी सुरु गरेपछि भारतीय प्रहरीले नेपालका गाडीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us