प्रधानमन्त्री कोइराला र भारतीय समकक्षी सिंहबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० फागुन १९ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, १९ फागुन – प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । विमेस्टेकको बैठकमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच सोमबार साँझ भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको थियो । सो अवसरमा भारतीय प्रधानमन्त्री सिंहले नेपालमा समयमै संविधान जारी भएको हेर्न चाहेको बताएका छन् ।

एक वर्ष भित्रै संविधान जारी गरेर विकासमा अघि बढ्न आग्रह गर्दै सिंहले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आफूहरुको चाहना नेपालमा शान्ति, स्थायीत्व र विकास रहेको उनको भनाइ थियो ।

साथै सिंहले कोइरालालाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई समेत दिएका छन् । ‘निर्वाचनमा विजयी हुनुभएकोमा बधाई, साथै सफलताको कामना ।’  भारतीय प्रधानमन्त्री सिंहको आधिकारीक टि्वटर पेजमा लेखिएको छ ।

भेटमा कोइरालाले समकक्षी सिंहलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको बुझिएको छ ।

 

भारतीय प्रधानमन्त्रीको टि्वट

Untitled-1

शिखर सम्मेलनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला म्यानमारको पुरानो राजधानी याङ्गुनबाट विशेष विमानबाट नेपिट पुगेका हुन । कोइरालालाई नेपिट अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारका केन्द्रीय श्रम, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्री ऊ ए मिन्टले स्वागत गरे । उनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्न विमानस्थलमा म्यान्मार सरकारका उच्च अधिकारी, विदेश मन्त्रालयका शिष्टाचार महापाल ऊ तुरिन थान्टजिन, गृह, रक्षा तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीका साथै याङ्गुनस्थित नेपाली दूतावासका उच्च अधिकारी उपस्थित थिए ।

विमानस्थलबाट करिब २० किलोमिटर टाढा अवस्थित प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल बस्ने म्याट ट विन होटलतर्फ प्रस्थान गर्दा बाटोमा सयौँ म्यान्मारी जनताले नेपाल र म्यान्मारका राष्ट्रिय झण्डा फहराएर स्वागत अभिवादन गरेका थिए ।

यात्रा मार्गमा उक्त मुलुकका सुरक्षाकर्मीले प्रतिनिधिमण्डलको टोली गन्तव्यसम्म नपुगेसम्म सलाम गरिरहेका थिए भने विमानस्थलदेखि होटलसम्मको मार्गमा कुनै सवारी साधन सञ्चालन गर्न दिइएको थिएन ।

चारैतिर सुरक्षाकर्मी तैनाथ गरिएको नेपिटलाई दुलहीझै सिँगारिएको छ । राजधानीका सडक र चोकहरूमा बिम्स्टेकका सदस्य मुलुकका राष्ट्रिय ध्वजा र बिम्स्टेकका झण्डा फहराइएको छ ।

बिम्स्टेकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्का तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा आबद्ध देश थाइल्यान्ड र म्यान्मार सदस्य छन् ।

BhzV9DrCAAA8knG

BhzW_zlCEAEqI2y

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us