
काठमाण्डु, १९ फागुन – आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठ माथि लागेको आरोप र त्यस सम्बन्धी समाचारबारे प्रेस काउन्सिल नेपालले छानबिन सुरु गरेको छ ।
श्रेष्ठमाथि लगाइएको आरोप सत्यरतथ्यामा आधारित भएरनभएकोबारे अनुसन्धान गर्न छानबिन सुरु गरेको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै काउन्सिलले यस सम्बन्धमा आवश्यक सहयोगका लागि सम्बद्ध पक्षहरुसँग आग्रह गरेको छ ।
साथै विज्ञप्तिमा प्रेस स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचारसंहिताको उल्लंघन भएको टिका टिप्पणी भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि एक दैनिक पत्रिकाले दिलशोभामाथि यौन दुराचारको आरोपसहितको समाचार छापेको थियो ।