नेपाललाई फिजी बनाउन खोजिँदैछ: केसी

काठमाण्डु टुडे २०७० फागुन १९ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फिजीकरण गर्ने षड्यन्त्र अघि बढेको बताएका छन् ।
chitra bdr kcनेपाल नागरिकता ऐन पहिलो संशोधन अध्यादेश–२०६९ बारे टिप्पणी गर्दै उनले नेपाललाई वैधानिक ढंगले फिजीकरण गर्न लागिएको बताए ।

राष्ट्रियताको कुरा गरेर नथाक्ने दलहरुको सदनमा बहुमत रहेका बेला सत्तामा पुग्न र सत्ता टिकाउन गैरनेपालीलाई नागरिकता दिन लागिएको आरोप लगाए ।

अध्यादेशमा बाबु वा आमामध्ये एक नेपाली रहेको अवस्थामा त्यसबाट जन्मिएको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाले मुलुकको अस्तित्व संकटमा पर्ने उल्लेख गरे ।

‘राष्ट्रियता, स्तवतन्त्रता र अखण्डतासँग सौदाबाजी गरेर सत्तामा जाने प्रवृत्ति बढेको छ’, केसीले भने, ‘यो व्यवस्था स्वीकार गर्ने हो भने नेपाल छिट्टै फिजी हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us