चीनको भबिश्यका बारेमा गहन छलफल हुँदै

काठमाण्डु टुडे २०७० फागुन १९ गते ३:१३ मा प्रकाशित

बेइजिङ १९ फागुन–चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श सम्मेलनको १२ औ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सोमबार दिउसो ३ बजे बेइजिङस्थित ग्रेडहलमा शुरु हुँदैछ । सो अधिवेशनमा दुई हजार भन्दा बढी चिनियाँ राजनीतिक परामर्शदाता सम्मेलनका सदस्यले भाग लिनेछन । china
सम्मेलन प्रस्तुत गरिने अध्यक्ष यु चङ शङको प्रतिवेदनलाई चिनिया राष्ट्रिय रेडियो,केन्द्रीय टेलिभिजन र चिनिया अन्तराष्ट्रिय रेडियोले प्रत्यक्ष प्रसारण गर्ने सिआरआईले जनाएको छ ।
चिनिया राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशन र चिनिया राजनीतिक परामर्शदाता सम्मेलनको १२ औ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको समाचार संकलनका लागि करीव तीन हजार भन्दा बढी सम्वाददाताले अनुमति पाएका छन । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि यो पहिलो अधिवेशन हो ।
आगामी दुई सातामा चीनको आर्थिक बिकास,चीन सामु देखा परेका चुनौती,सुधारलाई गहन पार्न र कार्यान्वयन गर्ने बिधि,वातावरण संरक्षण,सामाजिक प्रत्याभुति,भ्रष्टाचार न्युनीकरण,परराष्ट्र नीति लगायतका बिषयमा छलफल हुनेछ ।
चीनका ती महत्वपूर्ण बैठकको सफलताका लागि नेपाल चीन साँंस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र शाह,चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी र सो केन्द्रका उपाध्यक्ष प्रा डा बिशेश्वरमान श्रेष्ठले शुभकामना सन्देश पठाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us