आमाघरबाट बालबालिकाको उद्धार

काठमाण्डु टुडे २०७० फागुन १४ गते ५:०२ मा प्रकाशित

dilकाठमाण्डु, १४ फागुन -दिलशोभा श्रेष्ठको आमाघरबाट २९ जना बालबालिकाको उद्धार गरिएको छ ।
बृद्ध र अनाथ बालबालिकालाई स्याहारसुसार गर्दै आएकी दिलशोभा श्रेष्ठले यौन दुराचार गरेको उजुरी पछि प्रशासनले त्यहां आश्रय लिईरहेका बालबालिकाको उद्धार गरिएको हो ।
अनाथ बालबालिकालाई संरक्षण गर्ने नाममा अनुमति बिना बालबालिका राखेको र उनीहरुको अवस्था दयनीइ रहेको फेला परेपछि काठमाडौं जिल्ला प्रशासन, प्रहरी, केन्द्रीय बालकल्याण समिति तथा बालकल्याण समिति काठमाडौंसहितको टोलीले बालबालिकाको उद्धार गरेको हो ।
उद्धार गरिएका बालबालिकाको अवस्था नाजुक रहेको, उनीहरुको शरिरका बिभिन्न भागमा घाउ रहेको उद्धारमा संलग्न केन्द्रीय बालकल्याण समितिकी कार्यक्रम निर्देशक नमुना भुसाल बताइन् ।
उद्धार गरिएका बालबालिकालाई उनीहरुको घरको अवस्था बुझेर व्यवस्थापन गर्ने तयारी भैरहेको छ । यस अघि आमाघर संचालन गर्दै आएकी दिलशोभा श्रेष्ठले बालबालिकालाई आश्रय दिने नाममा उनीहरुमाथि यौनदुराचार गरेको प्रमाणसहितको उजुरी प्रहरी तथा केन्द्रीय बालकल्याण समितिमा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us