निर्वाचनपछि प्रतिक्रान्ति भयो: प्रचण्ड

काठमाण्डु टुडे २०७० फागुन १४ गते ४:४८ मा प्रकाशित

prachand-tika3काठमाण्डु, १४ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो संविधानसभा निर्वाचनपछि मुलुकमा प्रतिक्रान्ति भएको बताएका छन् । सहिद सप्ताहका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको कार्यक्रममा उनले निर्वाचनपछि मुलुकमा प्रतिक्रान्तिकारी शक्ति हावी हुन खोजेको बताए ।

प्रतिक्रान्तिकारी शक्ति बलियो भएका कारण प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने खतरा बढेको भनाइ उनको थियो । उनले अझै पनि जनता एकीकृत माओवादीप्रति नै आशावादी रहेको भन्दै निर्वाचनमा भएको क्षणिक पराजयबाट निराश र बिचलित नहुन कार्यकर्तालाई आग्रह गरे ।

‘संविधानसभा निर्वाचनपछि प्रतिक्रान्तिकारी शक्ति हाबी भएका छन्’, उनले भने, ‘तर जनता हाम्रै पक्षमा छन्, क्षणिक हारबाट कोही निराश हुनुपर्दैन ।’ उनले आफूहरुको क्रान्तिलाई अघि जानबाट रोक्ने ताकत कसैसँग नरहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us