पशुपतिमा तीन हजार साधु

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:५१ मा प्रकाशित

काठमाण्डु,१४ फागुन –महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा हजारौं साधुको घुंइचो लागेको छ । मन्दिर परिसर र आसपासका क्षेत्रमा साधुसन्त तथा योगीहरूको चहलपहल बाक्लिएको हो ।
पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा पशुपति दर्शनको व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
पशुपतिनाथ मन्दिर तथा आसपास क्षेत्रमा साधुसन्त तथा योगीहरूको चहलपहल बढेको छ । १२ ज्योतिर्लिंगमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा पशुपति दर्शन तथा पूजा गर्ने प्रचलन छ ।
पशुपति विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले अहिलेसम्म करिब ३ हजार ५ सय साधुसन्त आइसकेको जानकारी दिदै उनीहरूको व्यवस्थापनलाई कोषले उच्च प्राथमिकतामा राखेको जनाउनुभयो ।
कोषले यस पटक साधुसन्तलाई स्तरअनुसार २ सयदेखि ५ हजार रुपैया सम्म दक्षिणा दिएर बिदाइ गर्ने जनाइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us