शिक्षकले नै गरे बिद्यालय बन्द

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:४६ मा प्रकाशित

बाग्लुङ्ग, १४ फागुन –बिद्यालयले समयमा तलब सुबिधा नदिएको भन्दै बागलुङको धुल्लुबांस्कोट स्थित धुल्लु लिउंवा माबिमा शिक्षकले पठनपाठन बन्द गराएका छन् ।
निमित्त प्रधानाध्यापक नियुक्तिको बिबादका कारण चौमासिक तलव नपाएपछि शिक्षकहरु आन्दोलित बनेका हुन् । शिक्षकले कक्षा १० को अतिरिक्त (कोचिङ) कक्षाबाहेक सम्पुर्ण पठनपाठन क्रियाकलाप बन्द गरेर आन्दोलनमा उत्रिएको शिक्षक नामबहादुर थापाले बताए ।
गएको कार्तिकमा उमेरहदवन्दीका कारण निवर्तमान प्रधानाध्यापक दिनानाथ शर्माको अवकास भएपछि बिद्यालयमा बिबाद बढ्दै गएको छ । शर्माको अवकासपछि निमित्त प्रधानाध्यापकमा भएको बिबादका कारण तलब नै रोकिएकाले बिद्यालयनै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको शिक्षक थापाले बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us