युक्रेन बारे अमेरिका र बेलायतको चासो

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:४२ मा प्रकाशित

काठमाण्ड, १४ फागुन –अमेरिका र बेलायतले युक्रेनका निलम्बीत राष्ट्रपति भिक्टर यानुकोबिचको समर्थनमा आवाज उठ्न थालेको प्रति आपत्ती जनाएका छन् । यसअघि युक्रेनियन बिद्रोहीलाई समर्थन गरेका अमेरिका र बेलायतले यानुकोबिचबारे आएका समर्थनका आवाजप्रति आपत्ती जनाएका हुन् ।

यस अघि रुसले युक्रेनको संसदले राष्ट्रपतिलाई महाअभियोग लगाएको प्रति आपत्ती जनाएको थियो । युक्रेनमा बिद्रोहीहरुले राष्ट्रपतिलाई निलम्बन गरि अन्तरिम सरकार गठन गरे पनि त्यहा शान्ति स्थापना हुन सकेको छैन ।

अमेरिकी विदेशमन्त्री जोन केरीले बिभिन्न देशका विदेशमन्त्रीसंगको बैठकमा युक्रेनका बिषय अब कुनै टिप्पणी गर्नुले त्यहा लोकतन्त्र स्थापनामा असहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us