वीस बर्षीया यवतीलाई सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७० फागुन १४ गते २:५४ मा प्रकाशित

बर्दिवास, १४ फागुन । महोत्तरी जिल्लाको अनकार गाविसको बेला गाउंमा २० वर्षीया युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।

मङ्गलबार सााझ खेतबाट घाास बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतबाट घाास काटेर घर फर्कंदै गरेकी उनलाई सांझपखको आध्यारोमा बस्तीकै ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका पीडित युवतीका परिवारले बताएको छ । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको रुवाइ सुनेर गाउंले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us