पार्टी झगडा मिलाउन राप्रपाद्वारा दुई मन्त्रालय माग

काठमाण्डु टुडे २०७० फागुन १४ गते २:३३ मा प्रकाशित

surya bahadur thapaकाठमाण्डु, १४ फागुन– वर्तमान सरकार गठनका क्रममा काँग्रेस–एमाले गठबन्धनलाई सघाएको राष्ट्रिय प्रताजन्त्र पार्टी प्रधानमन्त्री सुशील कोइरालासँग असन्तुष्ट बनेको छ ।
प्रधानमन्त्रीले एक मात्र मन्त्रालय दिएको भन्दै रुष्ट बनेको राप्रपाले दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । अध्यक्ष सूर्यबहादुर थापाले आज बिहान प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेटी असन्तुष्टि जनाएको नेता वसन्त अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

अधिकारीका अनुसार थापाले सत्ता गठबन्धनको तेश्रो ठूलो दललाई आफूहरुको भन्दा पाँच सिट कम रहेको नेकपा मालेसरह एउटा मन्त्रालय दिन लागिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
संविधानसभामा राप्रपाका १३ र मालेका ८ सभासद छन् । स्रोतका अनुसार महामन्त्री दीपक बोहरा र अध्यक्ष थापा पुत्र सुनीलबीच को मन्त्री बन्ने भन्नेमा विवाद भएपछि आन्तरिक असन्तुष्टि व्यवस्थापनका लागि राप्रपाले दुई वटा मन्त्रालय मागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us