आज संविधानसभा उपाध्यक्ष चुनिंदै

काठमाण्डु टुडे २०७० फागुन १४ गते २:१४ मा प्रकाशित

Onsari Ghartiकाठमाण्डु, १४ फागुन– संविधानसभा उपाध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा आज मतदान हुदैछ । उपाध्यक्ष चयनका लागि संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संविधानसभा उपाध्यक्षमा एकीकृत माओवादी सभासद ओनसरी घर्ती निर्वाचित हुने पक्का छ । प्रमुख दुई दल कांग्रेस र एमालेको समर्थन पाएका कारण घर्तीको जित निस्चित भएको हो । उपाध्यक्षमा नेमकिपा सभासद अनुराधा थापाले पनि उम्मेदवारी दिएकी छन् ।
दलीय सहमति नभएका कारण बहुमतीय प्रक्रियाबाट उपाध्यक्ष चयन हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us