ओलेक्जेन्डर टर्चयोनोफ अन्तरिम राष्ट्रपति

काठमाण्डु टुडे २०७० फागुन १२ गते ३:१७ मा प्रकाशित

olekjander ukreianयुक्रेनको संसदले ओलेक्जेन्डर टर्चयोनोफलाई अन्तरिम राष्ट्रपति तोकेको छ । संसदले भिक्टर यानुकोबीचलाई बर्खास्त गरेलगत्तै शनिबार टर्चयोनोफलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको हो ।

संसदले टर्चयोनोफलाई भोलिसम्ममा राष्ट्रिय एकताको सरकार गठन गर्न निर्देशन दिएको छ । संसदले यसअघि नै आगामी २५ मे का लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको थियो । संसदले बर्खास्तीमा परेका निवर्तमान राष्ट्रपति यानुकोबीचले पदीय हैसियत दुरुपयोग गरी कमाएको सम्पत्ति जफत गर्ने निर्णयसमेत गरेको छ । यानुकोबीचले युरोपेली संघसँग व्यापारिक सम्झौता गर्न इन्कार गरेपछि उनीविरुद्ध देशव्यापी प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा ८८ जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालल ेजनाएको छ । यसैबीच अन्तरिम राष्ट्रपति टर्चयोनोफले आफू युरोपेली संघसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । अन्तरिम राष्ट्रपतिमा नियुक्ति भएलगत्तै संसदमा सम्बोधन गर्दै उनले युक्रेन पुरोपेली संघमा फर्कने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us