एमालेलाई बाहिरै राखेर मन्त्रिपरिषद् विस्तार गरिँदै

काठमाण्डु टुडे २०७० फागुन ९ गते २:२१ मा प्रकाशित

sushilकाठमाण्डु, ९ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार एमालेसँग गृह मन्त्रालयको विषयमा विवाद जारी रहेकै बेला एक पक्षीय रुपमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडानमा एमाले कायमै रहेपछि उनले आफ्नो पार्टी काँग्रेसबाट मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

‘एमाले नआए पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ,’ प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काठमाण्डु टुडेसँग भने,‘संसदीय समितिले मन्त्रीहरुको टुंगो लगाएर छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

यद्यपी शुक्रबार बिहान संसदीय समितिको बैठक बने विननिषकर्ष टुंगिएको छ । पार्टीमा मन्त्रीका आकांक्षीहरुको संख्या धेरै भएपछि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।
बैठक पछि काँग्रेसमहामन्त्री कृष्ण सिटौलाले सरकार विस्तार र एमालेसँग भएको सात बुँदे सहमतिको विषयमा छलफल भएको जानकारी दिए ।
कुनै ठोस निर्णय नभएपनि व्यवस्थापिका संसदको बैठक पछि शुक्रबार नै पुनः बैठक बसेर टुंगोमा पुगिने उनको भनाई छ । काँग्रेस प्रवक्ता बडुका अनुसार कोइरालाले गृहसहित ४ देखि ५ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
दुई दलबीचको भागवण्डाका आधारमा कांग्रेसको भागमा १३ मन्त्रालय परेका छन् । काँग्रेस स्रोतका अनुसार महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी छ ।
यसअघि कोइरालाले बिनाविभागीय मन्त्रीको सपथ खुवाउन लाग्दा गृहमा दाबी गर्दै उनले सथ लिन अस्वीकार गरेका थिए । यस्तै महेश आचार्यलाई अर्थ, रामशरण महतलाई परराष्ट्र तथा नारायण खड्कालाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी छ ।

तीमध्ये महत अहिले बिनाविभागीय मन्त्री छन् । दुई दलबीचको गृह विवाद नटुंगिदै मन्त्रिपरिषद् विस्तार हुन लागेकाले सत्ता गठबनधनमा थप समस्या आउन देखिएको छ ।
एमालेले गृह नपाए सरकारमा नजाने बताइरहेको छ भने काँग्रेसले एमालेलाई गृह मनत्रालय दिने सहमति नै नभएको दाबी गरिरहेको छ ।

छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us