नेम्वाङले सभाध्यक्षको सपथ लिँदै

काठमाण्डु टुडे २०७० फागुन ७ गते २:४२ मा प्रकाशित

Nembangकाठमाण्डु, ७ फागुन– संविधानसभाका नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज पद तथा गोपनियताको शपथ दिँदैछन् ।

नेम्वाङले राष्ट्रपति रामवरण यादवबाट २ बजे शीतलनिवासमा सपथ लिने कार्यक्रम छ ।

नेम्वाङले व्यवस्थापिका प्रमुखका रुपमा तेस्रोपटक सपथ लिन लागेका हुन् । यसअघि उनी पुनस्र्थापित प्रतिनिधिसभामा सभामुख र अघिल्लो संविधानसभामा अध्यक्ष थिए ।

नेम्वाङले आज पद बहाली गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । एमालेका तर्फबाट इलाम–१ बाट संविधानसभामा निर्वाचित सभासद नेम्वाङ हिजो व्यवस्थापिका–संसदबाट सभाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

कतिपयले नेम्वाङकै कारण अघिल्लो संविधानसभाको अवशान भएको आरोप लगाउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us