साढे पाँच किलोको शिशु जन्मियो

काठमाण्डु टुडे २०७० फागुन ६ गते ६:०५ मा प्रकाशित

41_01_15_27_baby_n_motherराजविराज, ६ फागुन – नवजात शिशु जन्मनेबित्तिकै कम्तीमा साढे २ किलो तौल हुनुपर्छ । हाम्रो देशमा जन्मने शिशुहरू औसत तीन किलोका हुन्छन् ।

साढे दुईदेखि साढे तीन किलोसम्मका शिशुहरूलाई औसत रूपमा राम्रो तौल भएका नवजात शिशु मानिन्छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भने गएराति एक महिलाले साढे पाँच किलोको शिशुलाई जन्म दिएकी छिन् ।

सप्तरीको कुशहा–४ कडरबोनाकी २२ वर्षीया रुबिना खातुनले दोस्रो सन्तानका रूपमा साढे पाँच किलोको छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ । रुबिनाको जेठी छोरी तीन वर्षकी छन् ।

रुबिनाका पति केही महिनादेखि वैदेशिक रोजगारका लागि कतारमा छन् । अस्पतालका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us