विमान दुर्घटनामा पत्रकारको निधनमा भएकामा महासंघबाट दु:ख व्यक्त

काठमाण्डु टुडे २०७० फागुन ५ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– नेपाल पत्रकार महासंघले वायुसेवा निगमको विमान दुर्घटनामा महासंघ पूर्वकेन्द्रीय सदस्य गौरी कठायतको निधन भएकामा दु:ख व्यक्त गरेको छ ।
महासचिव ओम शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनाबाट महासंघ शोकमग्न र स्तब्ध भएको उल्लेख छ । विज्ञप्तिमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

महासंघले सोमबारबाट १३ दिनसम्म केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने भएको छ । काठमाण्डुबाट जुम्लाका लागि उडेको जहाज आइतबार अर्घाखाँचीको ढिकुरा–८ मसिनेलेकमा दुर्घटनाग्रस्त हुँदा कठायतसहित १८ को ज्यान गएको थियो ।

कठायत २०६५ देखि २०६७ वैशाखसम्म कर्णाली अञ्चलबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us