दुर्घटनाग्रस्त जहाजमा सवार सबैको मृत्यु, शव काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०७० फागुन ५ गते १०:४८ मा प्रकाशित

अर्घाखाँची, ५ फागुन– काठमाण्डुबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी–ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविस–८ स्थित खासिकोट मसिने लेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

shabआइतबार दिउँसोदेखि हराइरहेको जहाज मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोलामा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

विमानमा सवार चालक दलका तीनसहित सबै १८ जनाकै मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । शव नेपाली सेनाको इमआई–१७ हेलिकोप्टरबाट सोमबार नै काठमाण्डु ल्याइएको छ ।

मृतकमध्ये सात जनाको मात्र  सनाखत भएको छ । जहाजमा सवार नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, काँग्रेस जुम्ला सभापति मानव सेजुवाल, वर्षा हमाल, सहिस हमाल, दिवेश शाही, मुना महर्जन र राजेन्द्र चौलागाईंको सनाखत भएको हो ।
स्थानीयले जहाज भेटेको खबर दिएपछि अर्घाखाँची र पाल्पाबाट घटनास्थल पुगेको नेपाली सेना,  प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट शव संकलन गरेको थियो । शव दुर्घटनास्थलको तीन सय मिटर आसपास यत्रतत्र छरिएको अवस्थामा भेटिएका थिए ।

नागरिक उड्डयन प्राधिकरणले मसिनालेकस्थित सेङलेङ डाँडामा ठोक्किएर जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनास्थल सदरमुकाम सन्धीखर्कबाट ४५ किलोमिटर टाढा पर्छ । समुन्द्र सतहबाट यसको दूरी करिब ४ हजार ३ सय मिटर उचाइमा छ ।

काठमाण्डुबाट पोखरा हुँदै जुम्लाका लागि उडेको जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्कविहीन भएको हो । यसअघि जहाज अर्घाखाँची, पाल्पा र गुल्मीको सिमाक्षेत्र खिदिम जंगलमा खसेको आंशका गरिएको थियो ।

को–को थिए दुर्घटनाग्रस्त जहाजमा ?

चालक दल 

पाइलट- शंकर श्रेष्ठ

सहायक पाइटल- रविन्द्र बञ्जरा

परिचारिका- मुना महर्जन

यात्रु

मानव सेजुवाल

राजेन्द्र देवकोटा

टेकबहादुर महतरा

नन्द महतरा

डी महतरा

गौरी कठायत

डा. आईबी पोखरेल

बर्षा हमाल र उनका नाबालक छोराड

पी उपाध्याय

यू तामाङ

आर चौलागाईं

आईडी श्रेष्ठ

डी न्यौपाने

डीआर शाह

डेनिस नागरिक एम म्याथीसेन

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us