नेपालमा केवलकारका संस्थापक श्रेष्ठको निधन

काठमाण्डु टुडे २०७० फागुन २ गते ९:१३ मा प्रकाशित

काठमाण्डु, २ फागुन– चितवन कोई समूहका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको मधुमेह र मिर्गाैला रोगको उपचारका क्रममा ७६ वर्षको उमेरमा दिल्लीको मेदान्त अस्पतालमा विहीबार राति निधन भएको छ ।

समूहका प्रबन्ध निर्देशक वीरेन्द्रबाबु श्रेष्ठले उनको पार्थिव शरीर शनिबार नेपाल ल्याइने जानकारी दिए ।

कोई समूहद्वारा विसं २०५५ मङ्सिर ८ गतेदेखि विधिवत् रुपमा पहिलो पटक सञ्चालनमा ल्याइएको मनकामना केवलकारको उद्घाटन तत्कालीन युवराज दीपेन्द्रबाट भएको थियो । स्व श्रेष्ठका श्रीमती, तीन छोरा र एकछोरी छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us