
नवलपरासी, २ फागुन – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको वासामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाण्डुका लागि छुटेको ना ४ ख १०९१ नम्बरको यात्रुवाहक बस रोकिराखेको ना ४ ख ३९०० नम्बरको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मृतको सनाखत हुन सकेको छैन । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि राजधानी ल्याइएको छ ।