प्रधानमन्त्रीले त्रिवि पदाधिकारीसँग छलफल गर्दै

काठमाण्डु टुडे २०७० फागुन २ गते २:४९ मा प्रकाशित

TUकाठमाण्डु, २ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्व विद्यलाय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा देखिएको समस्या समाधानका विषयमा त्रिवि पदाधिकारीसँग छलफल गर्दैछन् ।

वरिष्ठताका आधारमा डिन नियुक्ति गरेपनि त्रिवि पदाधिकारीहरुलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने डा. गोविन्द केसीको अडानपछि कोइरालाले समस्या समाधानका लागि पहल थालेका हुन् । बिहान ९ बजेपछि त्रिवि पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
डा. केसीले बर्खास्त गर्न माग राखिरहेका बेला त्रिवि पदाधिकारीहरुले भने आफूहरुलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।
त्रिविका रेक्टर गुणनिधी न्यौपानेले गलत तत्वको उक्साहटमा डा. केसीले यस्तो माग राखेको भन्दै आफूहरुले गल्ति गरेको प्रमाण भेटे कारबाही गर्न चुनौति दिए । त्रिवि पदाधिकारीहरु यत्तिकै राजीनामा नदिने मनस्थितिमा छन् ।
यता, डा. केसीले पुनः अनसन थालेको झण्डै एक हप्ता भईसकेको छ । केसी गत शनिबारबाट अनसनमा बसेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us