पूर्वलडाकु अधिकारीले पाए दर्ज्यानी चिन्ह

काठमाण्डु टुडे २०७० फागुन १ गते १३:५२ मा प्रकाशित

Yam Bahadur Adhikariकाठमाण्डु, १ फागुन – हालै प्रमुख सेनानीमा बडुवा भएका पूर्वमाओवादी लडाकु यामबहादुर अधिकारीले दर्ज्यानी चिन्ह पाएका छन् ।

अधिकारीलाई प्रधानसेनापति गौरव शमशेर जबराले महासेनानीको दर्ज्यानी चिन्ह प्रदान गरे ।

समायोजनबाट नेपाली सेनामा आएका अधिकारी माओवादी लडाकुका पूर्वकमाण्डर हुन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बढुवा गरेको थियो ।

पदोन्नती भएका महासेनानी अधिकारीलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अधिकारीकै नेतृत्वमा माओवादी पूर्वलडाकु नेपाली सेनामा समायोजन भएका थिए ।

यो पनि पढ्नुहोस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us