बागलुङ समाज बेल्जियमद्वारा ८ लाख सहयोेग

काठमाण्डु टुडे २०७० फागुन १ गते १३:१२ मा प्रकाशित

बागलुङ, १ फागुन– बागलुङ समाज बेल्जियमले परोपकारी कामको लागि आठ लाख सहयोग गरेको छ ।

समाजले विभिन्न संस्था र व्यक्तिलाई समेत गरी उक्त सहयोग प्रदान गरेको हो । बागलुङबाट रोजगारीका लागि बेल्जियम पुगेका नेपालीहरूले सङ्कलन गरेको रकमबाट उक्त सहयोग प्रदान गरिएको हो ।

समाजले बागलुङ नगरपालिका–११ निरयमा रहेको निर्माणाधीन ओमकारेश्वर शिवालय सत्तल एवम् वृद्धाश्रमलाई पाँच लाख ७५ हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष देवेन्द्र शर्मा देवूले बताए ।

यसअघि समाजले बागलुङको नारायणस्थान गाविसमा रहेको दृष्टिविहीन विद्यालयलाई एक लाख ५० हजार र पैयुँपाटाका मिर्गौला पीडित डिल्लीराम शर्माको उपचारमा ६३ हजार सहयोग गरेको थियो ।

समाज सेवाका क्षेत्रमा सहयोग गर्ने अभियानअन्तर्गत वृद्धाश्रमलाई सहयोग गरेको अध्यक्ष शर्माले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us