छोराले गरे बाबुको हत्या

काठमाण्डु टुडे २०७० माघ २९ गते १२:३२ मा प्रकाशित

इलाम, २९ माघ – इलाममा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् ।

इलामको महमाई ९ का ६५ वर्षका  नेत्रबहादुर मुखियाको उनकै छोरा ३० वर्षका प्रकाश मुखियाले हत्या गरेका हुन् ।

सामान्य विवादमा प्रकाशले फलामको डण्डीले बुबाको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न प्रकाश मुखियालाई प्रहरी चौकी महमाईले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us