सुदूरपश्चिम विश्वविद्यालयका सात पदाधिकारीको राजीनामा

काठमाण्डु टुडे २०७० माघ २९ गते ७:२४ मा प्रकाशित

महेन्द्रनगर, २९ माघ– सुदूरपश्चिम विश्वविद्यालयका सात पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन् ।
काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले आगामी १ फागुनदेखि देखि लागू हुने गरी बुधबार कुलपतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा पठाएका हुन् ।
राजीनामा दिनेहरुमा उपकुलपति जयराज अवस्थी, रजिष्ट्रार हेमराज पन्त र विभिन्न ४ संकायका डिनहरु नारद अवस्थी, टेकराज पन्त, भारती जोशी र भवानी चन्द तथा परीक्षा नियन्त्रक कुमार थापा छन् ।
माघ २३ देखि विद्यार्थीहरुले विश्वविद्यालय मातहतको सिद्धनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको राजीनामाको माग राख्दै क्याम्पस र विश्वविद्यालयमा तालाबन्दी गरेपछि उत्पन्न अवस्थाका कारण उनीहरुले राजीनामा दिएका हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us