सपथग्रहणमा आफ्नो नामै भुले प्रधानमन्त्रीले

काठमाण्डु टुडे २०७० माघ २८ गते ९:३२ मा प्रकाशित

 काठमाण्डु, माघ – मंगलबार अपरान्ह । नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण कार्यक्रम शीतल निवासमा चलिरहेको थियो ।

sushilपहिलो पटक लाभको पद लिएका कोइरालाले सपथ ग्रहणमा नामै भुले । राष्ट्रपति यादवले सपथ गराउँदा ‘म’ प्रधानमन्त्री कोइरालाले ‘म सुशील कोइराला’ भन्नुपर्ने थियो । तर कोइराला म मात्रै भनेर अकमाएपछि राष्ट्रपतिले नै उनलाई नाम भन्नुस भने ।

कोइरालाले त्यसपछि आफ्नो नाम भने र आफ्नो सपथ सके । आफ्नो सपथ सकेपछि कोइरालाले मन्त्री रामशरण महतको सपथ गराउनु थियो । मन्त्री महतलाई सपथ गराउँदै कोइरालाले ‘मुलुक र जनताप्रति’ भन्नुपर्ने ठाउँमा ‘मुलुक र राजनीति प्रति’ भने ।

उनले त्यसो भन्दा मन्त्री महत अकमकिए भने उपस्थित आमन्त्रिहरु पनि मुसुमुसु हाँसिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us