गृह मन्त्रालय नपाए एमाले सरकारमा नजाने, सपथग्रहण बहिस्कार

काठमाण्डु टुडे २०७० माघ २८ गते ७:५५ मा प्रकाशित

balkhuकाठमाण्डु, २८ माघ –नेकपा एमाले सुशील कोइराला नेतृत्वको सरकारमा नजाने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटिको आकस्मिक बैठकले उपप्रधानसहित गृह मन्त्रालय दिने पूर्वसहमतिबाट काँग्रेस पछि हटेकाले सरकारमा नजाने निष्कर्ष निकालेको हो ।

एमालेले सरकार गठनअघि भएको सात बुँदे सहमतिअघि गृह मन्त्रालय आफ्नो पार्टीलाई दिन सहमत भएको काँग्रेस कोइराला प्रधानमन्त्री निर्वाचित भएसँगै सहमतिबाट पछि हटेको आरोप एमालेले लगाएको छ  ।

‘सात बुँदे सहमति गर्ने बेलामा गृह मन्त्रालय हामीले लिने मौखिक समझदारी भएको हो’, बैठकपछि सचिव विष्णु पौडेलले सञ्चारकर्मीसाग भने, ‘काँग्रेस सहमतिबाट पछि हटेकाले हामी तत्काल सरकारमा जाँदैनौं ।’ यस्तै एमालेले प्रधानमन्त्रीको सपथ ग्रहण समारोहसमेत बहिस्कार गरेकाे छ ।

पार्टी सहभागी नभए पनि पूर्वप्रधानमन्त्रीका हैसियतमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल भने सपथ ग्रहण समारोहमा सरिक भएको पाैडेलले जानकारी दिए ।

यसअघि एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानसहित गृहमन्त्री बनाएर सकारमा तयारी गरेको थियो । गृहमन्त्रीको विवादले सरकार गठन भएको दुई दिन नबित्दै सत्ता गठबन्धन संकटमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us