देशवासीका नाममा रेग्मीको संवाेधन सुरु

काठमाण्डु टुडे २०७० माघ २८ गते ७:५५ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, २८ माघ – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंगलबार देशबासीका नाममा सम्बोधन गरिरहेका छन् । संविधानसभा चुनावी प्रयोजनका लागि गठित सरकारको नेतृत्व गरेका रेग्मीले काँग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरकारबाट विदा माग्न लागेका हुन् ।

गत चैत १ गते मन्त्रिपरिषद् अध्यक्षको रुपमा जिम्वेवारी सम्हालेका रेग्मीले संविधानसभाको दोस्रो चुनाव सफलतापूर्वक सम्पन्न गराएका थिए । रेग्मीले संबोधनमा चुनाव सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिम्वेवारीबाट बिदा माग्ने तयारी गरेका हुन् ।

साथै उनले सम्बोधनका क्रममा अब प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालत फर्कने कि नफर्कने भन्ने विषयमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

बहालबाला प्रधानन्यायाधीश रेग्मीलाई दलहरुले चुनावी सरकारको नेतृत्व दिएका थिए । उनको कार्यकाल अझै सकिएको छैन । रेग्मी अब प्रधानन्यायाधीशको रुपमा सर्वाेच्च अदालत फर्कन नहुने भन्दै बार लगायतका कानुनी निकायले विरोध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us