समयमै जानकारी नहुँदा कोइरालालाई दिएको दुई मत फिर्ता

काठमाण्डु टुडे २०७० माघ २७ गते १०:३८ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २७ माघ – व्यवस्थापिका संसदमा सोमबार भएको प्रधानमन्त्रीको निर्वाचनमा दुई सभासदले मत सच्याए ।

मत सच्याउनेमा थिए तराई मधेस सद्भावना पार्टीका नरेन्द्र शाह कलवार र अमेरिका कुमारी । सुरुमा सुशील कोइरालाको पक्षमा मतदान गरेका उनीहरुले अन्तिममा मात्रै थाहा पाए कि आफ्नो पार्टीले उनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भनेर ।

कोइरालालाई दिइसकेको मत उनीहरुले सच्याएका हुन्।

पार्टी सभापति महेन्द्र राय यादवले सोमबार बिहान पेरिसडाँडामा भएको एमाओवादी गठबन्धनमा सहभागी भएर कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरे पनि ती दुई सभासदलाई जानकारी नगराएकाले कोइरालाको पक्षमा मतदान गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us