काठमाण्डु, माघ – सुशील कोइराला प्रधानमन्त्री भएसँगै उनले आफ्नो सरकारका प्राथमिकताहरु पनि सार्वजनिक गरेका छन् ।
कोइरालाले समयमै संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
-शान्ति प्रक्रियाका सन्दर्भमा विगतमा भएका समझदारी गर्ने प्रतिवद्धता जनाउँदै बाँकी भएका कामहरु सम्पन्न गर्ने
-एक वर्षभित्र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्याउने
-६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने
-आर्थिक सम्वृद्धि र सामाजिक न्यायका पक्षमा साझा नीति तथा कार्यक्रम निर्माण गर्ने
-महंगी नियन्त्रण गर्ने
-बन्द चक्काजाम हडताललाई निरुत्साहित गर्ने
-द्वन्द्वपीडितलाई राहत पुर्याउने
-शान्ति सुव्यवस्था कायम गर्दै विधीको शासनको सुनिश्चिता कायम गर्ने
-स्वदेशी तथा विदेशी लागनीको वातावरणमा सुधार ल्याउने
-भौतिक पूर्वाधर र समाजिक सेवाका संरचनाहरुको निर्माणलाई गति दिने
-छिमेकी मुलुकहरु भारत र चीन तथा अन्य मित्र राष्ट्रसँगको सम्वन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै वैदेशिक सम्वन्ध विस्तार गर्दै राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने
-राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, एकता, सहमति र सहकार्यको भावना साथ अघि बढ्ने