अधिकतम सहमतिको सरकार बनाउँछु: सुशील

काठमाण्डु टुडे २०७० माघ २७ गते ७:४७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २७ माघ– काँग्रेस सभापति सुशील कोइरालाले आफू बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बने पनि अधिकतम सहमतिका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवस्थापिका–संसद बैठकमा प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी पेश गर्दै कोइरालाले यस्तो बताएका हुन् ।  कोइरालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्न सबै दलबीच आपसी सहमति, सहकार्य र मेलमिपाल आवश्यक रहेकोमा जोड ।

‘सरकारका गठनका लागि गरेको प्रयास सफल हुन सकेन’, कोइारालले भने, ‘बहुमतीय भए पनि व्यस्थापिका–संसदमा रहेका दलहरुको सहभागिता रहेको अधिकतम सहमतिको सरकार बनाउन प्रतिबद्ध छु ।’

लिखित भाषण पढेर सुनाएका कोइारालाले आफ्नो सरकारले शान्ति प्रक्रियाका सन्दर्भमा विगतमा भएका सहमति कार्यान्वयन र बाँकी काम पूरा गर्ने प्रतिबद्धता ।

यस्तै उनले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिंदै एक वर्षभित्र संविधानसभाबाट संघीय लोकतन्त्रात्मक संविधान जारी गर्न सहयोग गर्ने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने उल्लेख गरे ।

कोइारालले महंगी नियन्त्रण तथा बन्द, चक्काजाम र आमहड्ताला निरुत्साहित गर्नु सरकारको प्राथमिकता रहने जानकारी दिए । मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सुधार गर्ने र भौतिक पूर्वाधार तथा सामाजिक संरचना निर्माणको कामलाई गति दिने उनको प्रतिबद्धता थियो ।

सम्बोधनका क्रममा उनले काँग्रेस संस्थापक बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र जिरिजाप्रसाद कोइरालासहित कम्युनिष्ट नेताहरु पुपष्लाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको स्मरण गरे । शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि एकीकृत माओवादी अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गरे ।

पौडेलबाट कोइरालाको यस्तो प्रशंसा

सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश गर्न रोष्ट्रममा उभिएका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइारालको खुबै प्रशसा गरे ।

उनले कोइरालालाई गणेशमान सिंहसँग तुलना गरे । ‘उहाँ सन्त, भद्र र निष्ठावान व्यक्तित्व हुनुहन्छ’, पौडेलले भने, सुशीलजी थोरै बोल्ने धेरै काम गर्ने मान्छे हुनुहुन्छ ।’ उनले गणेशमान जस्तै  धेरै तर्क र वक्तव्यवाजी नगरे पनि सार्वभूत कुरा र काम गर्ने व्यक्तित्व भएको उल्लेख गरे ।

शान्ति र स्थायित्व पहिलो कार्यभार : कोइराला

यसैबीच नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्यायित्व र विकासका लागि आफ्नो सरकारले काम गर्ने बताएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि संसद भवनबाट बाहिरिँदै कोइरालाले आफ्नो सरकारको मुख्य दायित्व संविधान निर्माण भएकाले त्यसकै लागि लागिरहने बताए ।

‘मेरो पहिलो प्राथमिकता शान्ति, स्थायित्व र विकास हो,’ कोइरालाले भने, ‘म त्यसकै लागि लागिरहनेछु, अबको सरकारको मुख्य ध्यान त्यही नै हो ।’
अहिलेको मुख्य दायित्व सबै दलहरुलाई मिलाएर अघि बढ्नु नै भएकाले सबै दललाई मिलाएर अघि बढ्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us