विदेश जानेहरुका कारण बहुविवाह बढ्यो

काठमाण्डु टुडे २०७० माघ २६ गते ७:४४ मा प्रकाशित

इटहरी, २६ माघ– वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै बहुविवाहका घटनामा पनि बढोत्तरी आएको पाइएको छ ।

धरानमा दैनिकजसो बहुविवाहसम्बन्धी वा सम्बन्ध विच्छेद गरी पाउा भन्दै उजुरी दिनेको संख्या बढ्दै गएको छ । यसरी उजुरी दिनेमा महिला र पुरुषको संख्या लगभग बराबर छ । अचम्म त के छ भने मानिसहरुले मनग्गे धन आर्जन गरेपछि सम्बन्ध विच्छेद हुने वा पारिवारिक सम्बन्धमा खटपट आउने प्रहरी अनुसन्धानले लेखाएको छ ।

‘प्रशस्त पैसा हुने तथा वैदेशिक रोजगारीका लागि विदेशिने महिला तथा पुरुषका कारण धरानमा पछिल्लो समयमा सम्बन्ध जोडिने र विच्छेद हुने घटनाका उजुरीले हैरान भएका छौं’, सुनसरी प्रहरीका एक अधिकारीले भने ।

बहुविवाहको उजुरी वा सम्बन्ध विच्छेदको निवेदन दिन आउनेलाई मिलापत्र गराउने र सम्बन्धित निकायसम्म पुर्‍याएर कानुनी न्याय दिलाउने कार्यमा सघाउने गरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालका अनुसार आर्थिक वर्ष २०६९ सालमा दर्ता भएका महिलासम्बन्धी १ सय ३३ उजुरीमध्ये १ सय ३ वटा बहुविवाहका छन् ।

चालु आर्थिक वर्ष २०७० मा परेका  सय ४ उजुरीमध्ये ७५ वटा मुद्दा बहुविवाहका रहेका उनले बताए । जसमध्ये ७४ वटा मुद्दामा प्रहरीले मिलापत्र गराएको छ । बहुविवाहका घटनासागै धरानमा पछिल्लो समय घरेलु हिंसाका घटना पनि बढेर गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us