मुलुकमा संकट आए सरकारमा जानसक्छौं : प्रचण्ड

काठमाण्डु टुडे २०७० माघ २४ गते १०:२६ मा प्रकाशित

बर्दिवास, २४ माघ–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको मुख्य ध्येय संविधान निर्माण भएको बताएका छन् ।

PushpaKamalDahalPrachandaमहोत्तरीको बर्दिवासस्थित पारिजात स्मृति अस्पतालको सभाकक्षमा स्थानीय राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीसँगको कुराकानीमा उनले सत्ता आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारे ।

अस्पतालका बिरामीको अवस्था र उपचार प्रबन्धबारे जानकारी लिएपछि भएको सामूहिक भेटमा प्रचण्डले आफ्नो पार्टीले सरकारमा नजाने निर्णय गरिसकेको जानकारी दिए । तर, आपूmहरु सरकारमा नजाँदा संविधान निर्माण प्रक्रियामै समस्या देखिए त्यसबारे पुनःविचार गर्न सकिने उनको भनाइ थियो ।

दलहरु इमानदारीपूर्वक काममा लाग्दा एक वर्षभित्र संविधान बन्न सक्ने दाबी प्रचण्डको छद्ध । विगतमा नेपाली काँग्रेस र एमालेलाई फकाइफुल्याइमै आपूmले बढी समय खर्चिनुपरेको भन्दै उनले सहमतिका लागि उनीहरु नै लचिलो बन्नुपर्ने अवस्था आएको औंल्याए ।

पहिलो संविधानसभाका निर्णयलाई स्वामित्वमा लिएर सबै दल संविधान निर्माणमा लचिलो भएर जुटे मुलुकले एक वर्षभित्र नयाँ संविधान पाउने विश्वास प्रचण्डको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us