ट्रकको ठक्करबाट उपसचिवको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २४ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, २४ माघ – ट्रकको ठक्करबाट संसद सचिवालयमा कार्यरत उपसचिव तेजबहादुर थापाको मृत्यु भएको छ ।

बा १ ब ७९६६ नम्बरको मोटरसाईकलमा सवार थापालाई विहीबार साँझ काठमाण्डुको सतुङ्गलमा ना ४ ख २१४९ को मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

महादेवस्थान गुर्जुधारा घर भएका ५९ वर्षिय थापाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us