छात्रवृत्ति वितरण गर्न बैंक खाता सञ्चालन

काठमाण्डु टुडे २०७० माघ २४ गते १:११ मा प्रकाशित

sidकञ्चनपुर, २४ माघ – विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ उनीहरुलाई छात्रवृत्ति वितरण गर्न बैंक खाता खोल्ने काम सुरु भएको छ ।

सरकारले गत वर्ष सुदूरका दुई जिल्ला कञ्चनपुर र कैलालीमा सञ्चालन गरेको मानव विकास तथा समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्नतामा परेका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न खाता खोल्ने काम सुरु गरेको हो ।

मानव विकास तथा समाजिक सुरक्षा कार्यक्रम कञ्चनपुरका सामाजिक सुरक्षा सहायक विशनदेव जोशीले विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न खाता खोल्ने काम सुरु भैसकेको दिए ।

सिद्धार्थ बैंक लिमिटेडले कञ्चनपुरको सुडा गाविसमा विपन्न बालबालिकाको खाता खोल्ने काम सुरु भएको बताउँदै जोशीले यो कार्य चैत महिनाभित्रै पूरा हुने जानकारी दिए ।

गत वर्ष कञ्चनपुरका १९ वटै गाविसमा बसोबास गर्ने परिवारहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । कञ्चनपुरमा ५७ हजार १७६ परिवारको विवरण सङ्कलन गरिएको र त्यसमध्ये १७ हजार ५०० घरपरिवार अति विपन्नताको स्तरमा परेका छन् । अति विपन्न्ताको स्तरमा परे पनि ५ हजार ५०० बालबालिका निजी विद्यालयमा अध्ययनरत् रहेका कारण उनीहरुलाई छात्रवृत्ति नदिइने सहायक जोशीले बताए ।

‘यो कार्यक्रमले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिँदैन, त्यसैले उनीहरु विपन्नताको स्तरमा रहे पनि छात्रवृत्ति भने पाउँदैनन्’, उनले भने ।
कञ्चनपुरका ११ हजार विपन्न बालबालिकाले मात्रै छात्रवृत्ति पाउने छन् । यो कार्यक्रम अन्तर्गत हरेक वर्ष प्रतिविद्यार्थी एक हजार २९० उपलब्ध गराइने छ । यो छात्रवृत्ति कार्यक्रम दुई वर्षको हुने सहायक जोशीले जानकारी दिए ।

गाउँका र दुरदराजका विपन्न वर्गका बालबालिकाको शिक्षा र वित्तीय क्षेत्रमा पहुँच कार्यक्रमले टेवा पु¥याउने जोशीको भनाइ छ । यो कार्यक्रममा शाखारहीत बैकिङ्ग सेवा दिँदै आएको सिद्धार्थ बैंक कञ्चनपुरका बैंक अधिकृत तथा कार्यक्रम म्यानेजर शंकरदत्त अवस्थीले कञ्चनपुरमा खाता खोल्ने कार्य भइरहेको जानकारी दिए । सुडा गाविसमा मात्रै बिहीबारसम्ममा ८२ विपन्न बालबालिकाले खाता खोलिसकेको उनले बताए । सबै विपन्न बालबालिकाको खाता खोल्ने कार्य समापनसँगै उनीहरुको खातामा पैसा जम्मा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us