लागुऔषध प्रयोगकर्तामा हेपाटाइटिस ‘सी’

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:५३ मा प्रकाशित

कञ्चनपुर, २३ माघ– सुईका माध्यमबाट लागुऔषध प्रयोग गर्नेहरूमा हेपाटाइटिस ‘सी’ रोग देखा परेको छ ।

लागुऔषध नियन्त्रणमा काम गरिरहेको संस्था फेद कञ्चनपुरका अनुसार सुईका माध्यमबाट लागुऔषध प्रयोग गर्नेलाई हेपाटाइटिस ‘सी’ देखा परेको हो ।

संस्थाको सम्पर्कमा आएका लागुऔषध प्रयोगकर्ताको रगत जाँच गर्दा उनीहरू सबैमा उक्त रोग देखा परेको फेद कञ्चपुरका कार्यक्रम संयोजक नवराज पाण्डेले जानकारी दिए ।

कञ्चनपुरका ३ सय ७५ लागुऔषध प्रयोगकर्ता सो संस्थाको सम्पर्कमा आएका छन् । उनीहरू सबैलाई हेपाटाइटिस ‘सी’ देखा परेको छ ।

पछिल्ला वर्षमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको फेद कञ्चनपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us