२९ करोडको बढीको स्न्तला उत्पादन

काठमाण्डु टुडे २०७० माघ २३ गते ११:०४ मा प्रकाशित

Orangeस्याङ्जा, २३ माघ– स्याङ्जा जिल्लामा यस वर्ष २९ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर अधिकारीका अनुसार यस वर्ष सुन्तलाका लागि अनुकुल मौसम भएको र रोग लाग्न नपाएका कारण जिल्लामा सुन्तलाको उत्पादन बढ्न गएको हो ।

गत वर्ष जिल्लामा २५ करोडको सुन्तला उत्पादन भएको थियो । अहिले भएको उत्पादन गत वर्षको भन्दा झन्डै तीन प्रतिशतले बढी हो ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ६ सय ४१ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिए पनि एक हजार १ सय ६० हेक्टर क्षेत्रफलमा रोपिएको सुन्तलाले मात्रै उत्पादन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us