सार्क मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्रीले भाग लिने

काठमाण्डु टुडे २०७० माघ २३ गते १०:३६ मा प्रकाशित

Saarcकाठमाण्डु, २३ माघ– आगामी फागुन ७ गतेदेखि माल्दिभ्समा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने भएको छ ।

विहीबारको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने र त्यसअघिको सचिवस्तरीय बैठकमा पनि नेपालले सहभागिता जनाउने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

सार्कको १८ औँ शिखर सम्मेलन नेपालमा आयोजनाको तयारी गर्न माल्दिभ्समा मन्त्रिस्तरीय बैठक हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us