
काठमाण्डु, २२ माघ– नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको समय ११ घण्टाबाट बढाएर १२ घण्टा पुर्याएको छ ।
माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसारअब साताको ८४ घण्टा विद्युत्भार कटौती हुने भएको छ ।
यसअघि हप्तामा ८० घण्टा विद्युत्भार कटौती हुँदै आएको थियो ।
परिस्थिति अनुकूल र प्रतिकूल भएको समयमा आकस्मिकरुपमा एक घण्टा विद्युतभार कटौती थपघट हुनसक्ने प्राधिकरणले जनाएको छ ।
औद्योगिक क्षेत्रको हकमा भने छुट्टैरुपमा विद्युत्भार कटौती हुने प्राधिकरणले जनाएको छ । रासस