द्वन्द्वपीडित परिवारलाई च्याउखेती तालिम

काठमाण्डु टुडे २०७० माघ २२ गते १२:०४ मा प्रकाशित

स्याङ्जा, २२ माघ– स्थानीय शान्ति समिति स्याङ्जाले जिल्लाका द्वन्द्व पीडित तथा उनका परिवारलाई व्यावसायिक दक्षता अभिवृद्धि गराई आत्मनिर्भर बनाउन च्याउखेतीसम्बन्धी तीन दिने तालिम दिन सुरु गरेको छ ।

द्वन्द्वपीडित, जनआन्दोलनका घाइते र उनका परिवारका सदस्यलाई व्यावसायिक सीप दक्षता अभिवृद्धि गरी उनीहरूको आर्थिकस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यले च्याउखेतीसम्बन्धी तालिम दिइएको स्थानीय शान्ति समिति स्याङ्जाका संयोजक लक्ष्मी पौडेलले जानकारी दिइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us