पहिलोपटक बस्यो काँग्रेस संसदीय दलको बैठक

काठमाण्डु टुडे २०७० माघ २२ गते २:५६ मा प्रकाशित

काठमाण्डु, २२ माघ– नेपाली काँग्रेस संसदीय दलको बैठक आज पहिलोपटक बसेको छ ।
NC-Flag
सभापति सुशील कोइराला दल नेता चुनिएपछि काँग्रेस संसदीय दलको बैठक बिहीबार पहिलोपटक बसेको हो ।

संविधानसभा भवनभित्र रहेको ल्होत्से हलमा बसेको बैठकमा सभापति कोइरालालाई प्रधानमन्त्री बनाउन केन्द्रीय समितिले गरेको प्रस्ताव तथा बहुमतीय सरकार निर्माणका लागि भइरहेका प्रयासबारे सभासदहरुलाई जानकारी गराइएको थियो ।
यसअघि हिजो बसेको काँग्रेस केन्द्रीय समिति बैठकले सभापति कोइरालालाई बहुमतीय प्रधानमन्त्री प्रस्ताव गर्दै अन्य दलसँग वार्ता गर्न वार्ता टोलीसमेत गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us