लुम्बिनी चिनी उद्योग बन्द

काठमाण्डु टुडे २०७० माघ २१ गते १२:५० मा प्रकाशित

परासी, २१ माघ– नवलपरासी जिल्लाको सबैभन्दा ठूलो लुम्बिनी चिनी उद्योग बन्द भएको छ ।

उद्योगको आन्तरिक प्रविधिमा गडबडी आएकाले दुई दिनदेखि उद्योग बन्द भएको मजदुरहरुले बताएका छन् ।

उद्योग बन्द भएपछि कारखाना र किसान दुवै मर्कामा परेका छन् । कारखाना छिट्टै सञ्चालन हुने बताएपनि आन्तरिक मर्मत गर्न अरु केहीदिन लाग्ने व्यवस्थापन पक्षले जनाएको छ ।

उद्योग बन्द हुँदा किसानको उखु उद्योग परिसरमा थन्किएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us