एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली विजयी

काठमाण्डु टुडे २०७० माघ २१ गते १२:२४ मा प्रकाशित

KP-oli-and-Jhanalath-khanalकाठमाण्डु, २१ माघ – नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली विजयी भएका छन् । संसदीय दलको नेता लागि मंगलबार भएको निर्वाचनमा  ओलीले ९८ र खनालले ७५ मत पाए ।

सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा मतदान भएको थियो ।

चुनावमा एमालेका १ सय ७३ जना सभासदले मतदान गरेका छन् ।

खनाललाई वरिष्ठ नेता माधव नेपाल र ओलीलाई उपाध्यक्ष वामदेव गौतमको समर्थन थियो । एमालेको इतिहासमा पहिलो पटक पार्टी प्रमुख भन्दा फरक व्यक्ति संसदीय दलको नेता भएका छन् ।

ओली संविधानसभा चुनावमा झापा क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us