एक वर्षभित्र सद्भावनाको महाधिवेशन

काठमाण्डु टुडे २०७० माघ २० गते ८:१३ मा प्रकाशित

Sarita-Giriवीरगन्ज, २० माघ – नेपाल सद्भावना पार्टीले एक वर्ष भित्र महाधिवेशन गर्ने भएको छ । केन्द्रीय कार्य समितिको वीरगन्जमा सम्पन्न बैठकले एक वर्षभित्रमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी अध्यक्ष सरिता गिरीले महाधिवेशनमा जाने निर्णय भएको जानकारी दिईन् । साथै बैठकले समान सिद्धान्त बोकेको संघीय सद्भावना पार्टीसँग एकता र सहकार्य कायम गर्नका लागि कार्य दलसमेत गठन गरेको गिरीले बताईन् ।

वीरगन्जको आदर्शनगरस्थित कलबार धर्मशालामा माघ १८ र १९ गते बसेको बैठकमा संविधानसभा निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको भावी कार्यनीति र राजनीतिक समीकरणलगायत समसामयिक विषयमा व्यापक छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us