अध्यादेशबाट संविधान संशोधन रोक्न सभासदहरुको माग

काठमाण्डु टुडे २०७० माघ १९ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, १९ माघ– व्यवस्थापिका–संसदको आइतबारको बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश पेस भएका छन् ।
bicc

बैठकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गत चैत १ गते, असोज १ र असोज ८ गतेको बाधाअड्काउ फुकाउसम्बन्धी अध्यादेश प्रस्तुत गरेका हुन् ।

यस्तै अर्थमन्त्री शंकर कोइराला सेवा र कार्यहरुका लागि संचित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश, विनियोजन अध्यादेश, आर्थिक अध्यादेश ०६९ र ०७० राष्ट्र ऋण उठाउने अध्यादेश, ०६९ र ०७० कशुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण तथा जफतसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश ०६९ र ०७० पेश गरे ।

बैठकमा बोल्दै विभिन्न दलका सभासदले अध्यादेशबाट संविधान संशोधन गर्ने गलत प्रक्रियाले लोकतान्त्रिक विधि र प्रक्रियाको खिल्ली उडाएको बताए । ‘बाधाअड्काउका नाममा संधिानका धेरै धारा संशोधन गरिए’,समाजवादी नजता दलका सभासद प्रेमबहादुर सिंहले भने, ‘यसले लोकतान्त्रिक विधि र प्रक्रियामाथि नै प्रश्न उठेको छ, यसलाई दोहोर्‍याउनु हुँदैन ।’

उनले अध्यादेश पारित भए मुलुकमा ठूलो संवैधानिक संकट आउन सक्ने दाबी गरे ।  काँग्रेसका मीनेन्द्र रिजाल र एमालेका रवीन्द्र अधिकारीले विगतमा कमजोरी भए पनि सार्वभौम संसद रहेको अवस्थामा संवैधानिक संकट नआउने दाबी गरे । बैठक संविधानसभा भवन नयाँबानेश्वरमा जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us