बस्ती जोगाउन जैविक तटबन्ध

काठमाण्डु टुडे २०७० माघ १८ गते ६:४६ मा प्रकाशित

कञ्चनपुर, १८ माघ – बस्ती जोगाउन कञ्चनपुरको एक खोलामा नमुना जैविक तटबन्ध निर्माण गरिएको छ । चुरेको फेद भएर दक्षिण बग्ने भीमदत्त नगरपालिका–२ उल्टाखामको भा“सीखोलामा नमुना जैविक तटबन्ध निर्माण गरिएको हो ।

कटानीबाट जग्गा जमिन र नजिकको बस्ती जोगाउनका लागि नेपाल पर्यावरण तथा शिक्षा विकास समाज (निड्स) कञ्चनपुरले भाँसीखोलमा ७० मिटर लामो जैविक तटबन्ध निर्माण गरेको छ ।

निड्स कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले हरेक वर्ष खोलाले कटानी गर्दै गएपछि उल्टाखामको बस्ती जोगाउन र कटानी रोक्न बा“ध बा“धेको जानकारी दिए ।

कार्यकारी निर्देशक रेग्मीका अनुसार निड्सले सञ्चालन गरेको सहरी जोखिम व्यवस्थापन कार्यक्रमअन्तर्गत उक्त बा“ध निर्माण भएको हो । झन्डै तीन लाख लागतमा गत मंसिरमा बा“ध निर्माण भएको छ ।

तटबन्धमा ४०० बा“स, १० हजार बालुवाका कट्टा लागेका छन् । खोलाको किनारमा बा“ध र बालुका कट्टा गाडीका छन् । तटबन्धको माथिपट्टी बा“स र अमिरेकका बिरुवा रोपिने भएकाले कटानी रोक्न सकिने छ ।

यो तरिकाले तीन वर्षसम्म जैविक तटबन्धले काम गर्ने र पछि त्यसको माथि लगाइने बिरुवाले कटान रोक्ने रेग्मीले बताए ।

कञ्चनपुरका थुप्रै साना खोलानालामा भइरहेको कटानी रोक्न जैविक बाँध उपयुक्त हुने उनको सुझाव छ । सानाखोलाले प्रायःजसो वर्षायाममा मात्रै कटानी गर्ने भएकाले यसखालका बाँध निर्माण भए कटानी रोकिने र पर्यावरणको समेत संरक्षण हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us