‘फेरि पनि संविधान नबन्ने आशंका बढ्यो’

काठमाण्डु टुडे २०७० माघ १५ गते १२:२४ मा प्रकाशित

Agniकाठमाण्डु, १५ माघ – एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले संविधानसभाबाट संविधान बन्नेमा फेरि पनि आंशका उत्पन्न भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघले १० औं स्थापना दिजसको अवसरमा बुधबार काठमाण्डुमा गरेको कार्यक्रममा सापकोटाले एउटा दलको कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘अघिल्लो संविधानसभाको कामको स्वामित्व लिने कि नलिने भन्ने विषयले संविधानसभा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन,’ सापकोटाले भने, ‘यसले यो संविधानसभाबाट पनि संविधान बन्छ कि बन्दैन भन्नेमा आशंका उत्पन्न भएको छ ।’

सापकोटाले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us