अहिलेसम्मका सहमति पालना गरेर अघि बढ्ने मुख्य दलबीच सहमति

काठमाण्डु टुडे २०७० माघ १४ गते १२:३४ मा प्रकाशित

Nepali-Leadersकाठमाण्डु, १४ माघ – प्रमुख तीन दलको बैठकमा १२ बुँदेदेखि अहिलेसम्म भएका सबै सहमति अनुसार नै अघि बढ्ने सहमति भएको छ ।

शान्तिकोषको सचिवालयमा भएको बैठकमा अहिलेसम्म गरेका सबै सहमति पालना गरेर अघि बढ्ने सहमति भएको हो ।

यस्तै बैठकले अघिल्लो संविधानसभाको बैठकले गरेका कामको स्वामित्व लिने सहमति भएको छ । त्यसका लागि अध्ययन गर्न एक समिति समेत बैठकले बनाएको छ ।

समतिमा कांग्रेसका कृष्ण सिटौला र महेश आचार्य, एमालेका वामदेव गौतम र भीम रावल र एमाओवादीका नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सदस्य छन् ।

यो समितिले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने विषयमा अध्ययन गरी शीर्ष नेताहरुलाई प्रतिवेदन पेश गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us